नेपाल अमेरिका एकता समाजको साधारण सभा सम्पन्न,अध्यक्षमा रोशन अधिकारी

by | Mar 10, 2023 | Uncategorized

Annual General Assembly

२२ जनवरी,लसएन्जल्स/अमेरिका
दक्षिण क्यालिफोर्नियामा सक्रिय सामुदायिक संस्था नेपाल अमेरिका एकता समाजले आठौ अध्यक्षका रुपमा संस्थाका आजीवन सदस्य रोशन अधिकारीलाई पाएको छ ।
लसएन्जल्सलाई कर्म थलो बनाएर विगत १४ वर्ष देखि नेपाली समुदायका माझ क्रियाशील यो संस्थाको गत आईतबार श्री पशुपतिनाथ फाउन्डेसन्को सभाहलमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष अधिकारीको नेतृत्व अनुमोदन गरेको हो ।

संस्थाको विधान वमोजिम गत नोभेम्बरमा गर्नु पर्ने साधारण सभा केहि ढिलो गरि भए पनि सम्पन्न गर्न यस अघिको कार्यसमितिले संस्थाका आजीवन सदस्य अग्नि चौलागाईको नेतृत्वमा चन्द्र शिवाकोटी तथा डिल्ली थापा सहितको तिन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

१३ सदस्यि कार्यसमितिमा आठ जनाले मात्र निर्वाचन समितिलाई विभिन्न पदमा उम्मेदवारी दिनु भएको र कुनै पदमा पनि दोहोरो उम्मेदवारी नपरेकोले आठै जना निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक अग्नि चौलागाईले साधारण सभामा गर्नु भएको थियो ।
निर्विरोध निर्वाचित हुने अन्य पदाधिकारी तथा सदस्यहरुमा अर्जुन पौडेल- उपाध्यक्ष, शम्सेर भण्डारी – महासचिव, शिव शिवाकोटी-सचिव, तथा सदस्यहरुमा बबिन थापा , नवराज मुडभरि , विदुर खड्का , मणिराम न्यौपाने र छत्र बाहदुर छेत्री हुनुहुन्छ ।

Leave A Reply

Help Other People

We Dream to Create A Bright Future Of Nepalese Community

Admin

Admin

About Author

Hi! I am an admin of the ekatasamaj.org

Spread the Happiness